काठमाडौं, १७ माघ । कानून, याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद पूनर्गठन नहुने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद हेरफेरको लागि छलफल गरेपनि अहिले त्यो सम्भावना नरहेको बताए ।
आज (बुधबार) प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने भनेर गठबन्धनभित्र छलफल गरेपनि अहिले मन्त्रीहरु नफेर्ने निश्कर्ष निकालेको स्पष्ट पारेका छन् ।
यस्तै, कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा माओवादी केन्द्रकी उम्मेद्वार पराजित भएको विषयले केन्द्रीय गठबन्धन पनि नभत्किने उनको दाबी छ । file photo