Logo

चार वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, माघ १८ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अहिले बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ।

त्यस्तै, दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ योजना तर्जुमा भईरहेको सन्दर्भमा उक्त योजनामा लैङ्गिक तथा दिगो विकास लक्ष्य मैत्री दृष्टिकोण बमोजिम निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरु लिनेगरी बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ।

दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्