Logo

खप्तडमा तीन फिटसम्म हिमपात, सुदूरका पहाडी जिल्लामा विहानैदेखि बर्षा



काठमाडौं, माघ १८ । सुदूरपश्चिमका पहाडका हिमाली भू–भागमा हिमपात सुरु भएको छ। गएरातिदेखि खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ । खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए।

उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताए। अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङ, बैतडी, डडेल्धुराका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएको हो। त्यस्तै, बैतडी, डडेल्धुरा र डोटी लगायतका जिल्लामा विहानैदेखि बर्षा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्