Logo

ओलीको चेतावनी : राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ, यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन



काठमाडौं, २१ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार जबरजस्ती जोरजाम गरेर बनाइएको बताएका छन् । अध्यक्ष ओलीले देशको समृद्धि र स्थिरताका लागि यस्तो गठबन्धन संस्कृति अन्त्य गर्नुपर्ने बताए ।

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले हिजो (शनिबार) टुँडिखेलमा आयोजना गरेको युवा महोत्सव–२०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन संस्कृति देशको विकास र समृद्धिका लागि घातक भएको बताए । उनले ०८४ को निर्वाचनबाट गठबन्धन संस्कृति अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।

राणा शासन, पञ्चायत तथा राजतन्त्र समेत फालेर आएका नेपाली जनतालाई गठबन्धन मिल्काउन पनि समय नलाग्ने उनले बताए । २०८४ को निर्वाचनबाट जनताले गठबन्धन मिल्काइदिने बताउँदै अध्यक्ष ओलीले भने–‘हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ भने यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन ।’ file photo



प्रतिक्रिया दिनुहोस्