Logo

रामकुमारी झाँक्रीलाई सुदेशको प्रश्न : तपाईंलाई थुनेको पनि बाध्यता थियो ओली कमरेडको ?



काठमाडौं, २४ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली युवा नेता सुदेश पराजुलीले आफ्नै पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई प्रश्न गरेका छन् ।

पछिल्लो समय झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नरम अभिव्यक्ति दिएपछि नेता पराजुलीले झाँक्रीको उक्त अभिव्यक्तिलाई लिएर कडा टिप्पणी गरेका हुन् ।

उनले झाँक्रीमा अतिवादी सोच रहेको भन्दै त्यसले सक्ने पनि चेतावनी दिएका छन् । उनले फेशुबकमार्फत झाँक्रीको नाम नलिईकन यस्तो टिप्पणी गरेका छन्–

नेकपा ( एकीकृत समाजवादी ) का दु:ख …
जो- जो सङ मिल्न पर्ने थियो मिलिएन / मिल्ने अवस्था थिएन ।
जो- जो सङ नमिल्न पर्ने थियो मिलियो/ मिल्ने अवस्था थियो ।।
जुन समय पार्टी एउटै थियो – केपी शर्मा ओलिको नाम पनि सुन्न नचानेहरु केहि समय भयो कहिले फुलको गुच्छा लिएर ,कहिले नेता ओलि भन्दै अन्तरबार्ता दिएर ,कहिले संविधान र संसद विघटनको घटना समेतलाई अहिले आएर बाध्यतामा ओलि कमरेड पर्नु भयो भनेर विश्लेषण गर्ने हाम्रो कस्तो विडम्बना !!
ओलि कमरेडको शाशन हुदा कमरेडलाई पुलिसको सि आई वि बानेश्वर लगेर थुनेको पनि बाध्यता थियो ओलि कमरेडको ?
ओलि सङै हुदा ओलि कमरेड जतिको बैमान — यो भन्दा शब्द धेरै धेरै —
ओलिसंग नहुदा ओलि कमरेड जति असल ……
देख्ने अतिवादी आँखाले स्वयम् तपाईलाई सक्ने छ ।



प्रतिक्रिया दिनुहोस्