काठमाडौं, २७ माघ । आज तामाङ समूदायले देशव्यापी रुपमा सोनाम ल्होछार मनाएका छन् । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछारको रौनकता काठमाडौंमा भव्य देखिएको छ ।
आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
सोनाम ल्होछारको अवसरमा काठमाडौंमा प्रभातफेरी पनि गरिएको छ । अहिले टुँडिेलमा ल्होछार धुमधामका साथ मनाईएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम