Logo

जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि : केन्द्रीय बैङ्क



इस्लामावाद, २९ माघ । सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो बर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रिय बैङ्क (एसबिपी) ले सोमबार जनाएको छ ।

जनवरीमा कामदारहरूबाट आएको विप्रेषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो ।

पाकिस्तानको विपे्रषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत महिना साउदी अरबबाट ५८ करोड ७३ लाख डलर, संयुक्त अरब इमिरेट्सबाट ४० करोड ७६ लाख डलर, बेलायतबाट ३६ करोड २१ लाख डलर र संयुक्त राज्य अमेरिकाबाट २८ करोड ३४ लाख डलर बिप्रेषण आएको केन्द्रीय बैङ्कले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्