Logo

वर्षमानले उठाए प्रचण्ड सरकार ढाल्न लागिएको विषय



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सुशासनविरुद्ध प्रचण्ड सरकारले जेहाद छेड्दा खिसीट्युरी गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले थालेको सुशासनको अभियान अब ब्याक नहुने पनि सुनाए ।

२९औं जनयुद्ध दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘भ्रष्टाचारमा मुछिएका सत्तारुढ दल र आफ्नै पार्टीका मानिसहरुलाई समेत उन्मुक्ति नदिने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ । विगतमा अरु प्रधानमन्त्री हुँदा आफ्नो नेता वा मन्त्री भ्रष्टाचारमा तानिँदा ऊ निर्दोष छ भनेर न्यायाधीशले जसरी फैसला सुनाउने प्रवृत्ति थियो । अहिले प्रधानमन्त्रीले आफू, आफ्नो परिवार र पार्टीका कोही पनि नेताबारेमा समेत छानबिन गर्न राज्यका निकायलाई भन्नुभएको छ ।’

आफ्नै पार्टीका मान्छे मुछिएपछि अनुसन्धानको दायरामा ल्याउने काम प्रचण्ड नेतृत्वको सरकारले मात्र गरेको उनको दाबी छ । उनले थपे,‘यो यसअघि कोही पनि प्रधानमन्त्रीले भनेको इतिहास छैन । आफ्नै पार्टी र गठबन्धनमा रहेका दलका नेतासँग सीआईबी र अरु निकायले बयान लिएका छन् । आफ्नै पार्टीका मान्छे थुनिएको छ र केहीलाई मुद्धा पनि चलाइएको छ ।

सो क्रममा उनले शक्ति र धनको बलमा सरकारी जग्गा हडप्नेहरुलाई कारबाहीको दायरामा ल्याउँदा सरकारको नेतृत्वमाथि अनुचित दबाब दिने काम भएको भन्दै आक्रोश पोखे । यसरी शक्तिसालीहरुलाई कारबाही गर्दा सरकार ढाल्ने प्रयास भएको भन्दै उनले जस्तोसुकै कठिनाई आईपरे पनि प्रधानमन्त्री प्रचण्ड ब्याक नहुने जिकिर गरे । file photo



प्रतिक्रिया दिनुहोस्