Logo

बैंकविरुद्ध हमला गरिएको भन्दै केपी ओली आक्रोशित, सरकारको आलोचना



काठमाडौं, ८ फागुन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बैंकहरुलाई धराशयी बनाउनको लागि नियोजित रुपमा हमला गरिएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई नै कोल्याप्स पार्ने षड्यन्त्रसहित बैंकविरुद्ध हमला गरिएको टिप्पणी गरे ।

उनले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको भन्दै दुर्गा प्रसाईंविरुद्ध खनिए । उनले भने,‘अहिले केहीले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला गरिरहेको छन् । नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको छ । तर, सरकार चुप लागेर बसेको छ ।’

उनले थपे,‘एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने। एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने। त्यस प्रकारका प्रयासहरू भएका छन् ।’ पछिल्लो समय एनआईसी एशिया बैंकविरुद्ध गलत अफवाह फैलाईएपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो ।



प्रतिक्रिया दिनुहोस्