Logo

राष्ट्रिय भूमि आयोगमा रोजगारीको अवसर, सर्भेक्षकका लागि आवेदन माग



काठमाडौं, फागुन ९। राष्ट्रिय भूमि आयोगले नापी प्राविधिक (सर्भेक्षक)का लागि आवेदन माग गरेको छ। आयोगले करारमा ९७ जना कर्मचारीका लागि बुधबार सूचना जारी गर्दै आवेदन माग गरेको हो।

संक्षिप्त सूची निर्धारण तथा अन्तर्वार्तामार्फत करार सेवामा कर्मचारी लिइने आयोगले जानकारी दिएको छ। परीक्षामा सहभागी हुन सर्वे वा जिओमेटिक्स विषय लिई ३ वर्षे प्रवीणता प्रमाणपत्र सरहको डिप्लोमा पास गरेको हुनुपर्ने आयोगले बताएको छ। त्यस्तै १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्