काठमाडौं, फागुन ९ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो ।
उनी १९.५ ओभरमा बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भए । आसिफले आज ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेले ।