Logo

बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ



नेपालगञ्ज (बाँके), १० फागुन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज यहाँ ट्राफिक सप्ताहको शुभारम्भ गरेका छन् । उनले स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सवारीसाधनमा सचेतनामूलक स्टिकर टाँस गरी सप्ताहको शुभारम्भ गरे । सो अवसरमा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दार र सक्रियता आवश्यक भएको बताए ।

गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यनूनीकरणका लागि यस्ता अभियानले फलदायी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै ठूलो सङ्ख्यामा दुर्घटनामा हुने जनधनको क्षति दुखद् भएको औँल्याए ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले पैदलयात्री जेब्राक्रसिङमा कसरी बाटो काट्ने तथा सवारीसाधनको तीव्रगतिका कारण हुने क्षतिलगायतका विषयमा जानकारी दिने बताए ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा ट्राफिक सप्ताह एक सातासम्म सञ्चालन हुनेछ । सप्ताहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुनुका साथै सडक दुर्घटनाका कारणबारे समेत जानकारी दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्