Logo

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ



काठमाडौं, ११ फागुन । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापा पक्राउ हुन्।

अभियुक्तले ती महिलासँग खिचिएका तस्वीर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक मेसेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेको प्रहरीले जनाएको छ।

साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि गोंगबुबाट पक्राउ गरिएको जनाइएको छ। रासस



प्रतिक्रिया दिनुहोस्