Logo

विवादित मन्त्रीहरुलाई बर्खास्त नगरेपछि प्रधानमन्त्री प्रचण्डलाई बाँस्कोटाको प्रश्न : सुप्रिमोमाथि कोही छ र ?



काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरुलाई बर्खास्त नगरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री भन्दा माथि पनि कोही छ ? भन्ने प्रश्नसमेत गरेका छन् । उनले अहिले विवादमा रहेका मन्त्रीहरुको सम्बन्धमा तत्काल प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बाँस्कोटाले भनेका छन्–‘‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो, सुप्रिमोमाथि को छ ?’ एमालेले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म संसद् चल्न नदिने भनिसकेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।



प्रतिक्रिया दिनुहोस्