Logo

एमाले नेता रिजालको प्रश्न : माओवादी साथीहरु अब के गर्नुहुन्छ ?



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले माओवादीलाई सहकार्यको लागि पूनर्विचार गर्न सुझाएका छन् । खासगरी राष्ट्रियसभाको अध्यक्ष पनि माओवादीसँग नहुँदा अबको १० महिनापछि माओवादी मुख्य पाँच पद र संवैधानिक परिषद्मा शून्य हुने भन्दै रिजालले पूनर्विचार गर्न सुझाएका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले सभामुख माओवादीले लिने सहमति भएको थियो भनेर खोचे थाप्ने माओवादीहरुले अब के गर्छन् भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्-

१० महिनापछि प्रधानमन्त्री पद माओवादीसँग रहन्न । राष्ट्रपति कांग्रेसबाट, उपराष्ट्रपति जसपाबाट, सभामुख एमालेबाट र उपसभामुख रास्वपाबाट छँदैछन् । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति भइसकेको भन्ने सुनिन्छ ।

नेकपा (एमाले) सँग सहमति तोडेर वामपन्थी गठबन्धन भत्काएर दक्षिणपन्थी गठबन्धन बनाउँदा ‘सबै मुख्य पदमा एमाले नै हुने भयो, दुई बर्षपछि मुख्य पाँच पद र संवैधानिक परिषद्मा माओवादी शून्य हुने भयो’ (जबकि सभामुख माओवादीले लिने सहमति भएको थियो) भनेर खोचे थाप्ने माओवादी साथीहरु अब के गर्नुहुन्छ होला ? Is’t it time to rethink ?



प्रतिक्रिया दिनुहोस्