Logo

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, फागुन १७ । आज राष्ट्रियसभा बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्दै बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्