काठमाडौं, २१ फागुन । जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न राउत बालकोट पुगेका हुन् । बालकोटमा एमालेको सचिवालय बैठक बसिरहेकै अवस्थामा उनी त्यहाँ पुगेका हुन् ।
हिजो मध्यराति एमालेले माओवादीसहित नयाँ गठबन्धन बनाउन पहलकदमी लिएपछि राउत आज विहानै ओली निवास पुगेका हुन् । यदि नयाँ समिकरण बन्ने हो भने राउत पनि सो समिकरणमा मिसिने बुझिएको छ । उनले ओलीसँग भेटेरै आफ्नो चाहना सुनाएका छन् । file photo