काठमाडौं, २१ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मन्त्रालयको भागबण्डा टुँगो लगाउनको लागि यादव नेता राजेन्द्र श्रेष्ठ र मनिष सुमन बोकेर बालुवाटार छिरेका हुन् ।
एमाले, माओवादी र रास्वपासहितको नयाँ गठबन्धनमा जसपापनि समेटिएको छ । जसपाले तीन मन्त्रालयको दाबी गरेको छ। उपेन्द्रवले मधेश प्रदेश सरकारमा पाँचै वर्ष आफ्नो दलको निरन्तरता चाहेका छन् ।
बालुवाटारमा सहमति भए उनले आजै आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेका छन् । बालुवाटारनिकट विश्वस्त सूत्रकाअनुसार उपेन्द्रले भौतिक पूर्वाधार मन्त्रालयको दाबी गरेका छन् । तर, प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालय लिन भनेका छन् ।