Logo

उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयमा आउन उपेन्द्रलाई प्रचण्डको फोन



काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रालयको भागबण्डा नमिलेको कारण सरकारमा नजानेर भनेर बसेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको अफर गरेपछि भने उनी तातिएका छन् । यादव यसअघि पनि सो मन्त्रालयमा पुगिसकेका छन् ।

प्रधानमन्त्री दाहालले आजै साँझ पौने ६ बजे नवनियुक्त मन्त्रीहरुको शपथको लागि शितलनिवाससँग समन्वय गरेका छन् । बालुवाटारबाट १७ जना मन्त्रीहरुको सूचि शितलनिवास पुगिसकेको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि सरकारमा सहभागी हुनेगरि पार्टीको छलफलमा छन् ।

उनले २ मन्त्रालयसहित पार्टीलाई सरकारमा सामेल गराउने भएका हुन् । एकीकृत समाजवादीले भने सहरी वा संघीय मामिला मन्त्रालयमध्ये एक मन्त्रालय पाउनेछ । अर्को वन तथा वातावरण र सहरी विकास मन्त्रालयमा जसपा र एकीकृत समाजवादीमध्ये एक÷एक मन्त्रालय लिने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्