काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो दल तत्काल सरकारमा नजाने बताएका छन् । पार्टीले सरकारको नीति तथा कार्यक्रम हेरेरमात्रै निर्णय लिने उनको भनाई छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खनालले भने–‘हामीले सरकारमा जाने निर्णय गरेको छैन् । अहिले सरकारको पोजिसन हेर्न बाँकी छ । उसले लिने निर्णय हेरेर हामी थप निर्णय लिन्छौं ।’
उता, पार्टीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले पनि रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी तत्काल सरकारमा जाने निर्णय भएको छैन् । आलोचनात्मक रुपमा सहयोग गर्ने सहमति भएको छ ।’
उनले मन्त्रालयको पनि टुँगो नलागेको र आफुहरुका एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको धारणा लिएरमात्रै सरकारमा जाने वा नजानेबारे निर्णय लिने जनाए । अहिले अध्यक्ष माधवकुमार नेपाल महासचिव घनश्याम भुसााल र उपाध्यक्ष प्रमेश हमाललाई लिएर बालुवाटार छिरेका छन् । बालुवाटार जाँदा मन्त्रीहरुको नाम लिएर भने नगएको पाण्डेको दाबी छ ।