Logo

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको भेट, दिए बधाई



काठमाडौँ, २४ फागुन । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज (बिहीबार) भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्