काठमाडौं, २६ फागुन । रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय दंगाल प्रतियोगिताको आयोजना गरिएको छ । विश्वप्रसिद्ध महिला पहलवान बबिता फोगाटको विशेष उपस्थितिमा आज (शनिबार) मौलापुरमा अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त अन्तर्राष्ट्रिय दंगल प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी थिईन । यस्तै, नेपाल–भारतका चर्चित एवं लोकप्रिय खेलाड़ीहरुसहित लाखौंको संख्यामा उत्साहजनक सहभागिता रहेको थियो ।
पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने संकल्पकासाथ मौलापुर नगरपालिकाले मधानी महोत्सवअन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
हिन्दी फिल्म ‘दंगल’ का वास्तविक खेलाड़ी बबिताको आगमनले मधानी महायज्ञ र मन्दिरको प्रवद्र्धनमा ठुलो सहयोग पुगेको मेयर रीना साहले जनाईन् । मधानी महोत्सव आजबाट समापन भएको छ । उक्त महोत्सवमा बलिउड र कलिउडका प्रख्याँत कलाकारहरुको उपस्थिति थियो ।