काठमाडौं, फागुन ३० । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज अपराह्न १ः०९ बजे बस्न लागेको हो ।
त्यस्तै बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्नुहुने र आगामी आर्थिक वर्ष २०८१(०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभामा अध्यक्ष दाहालले मंगलबार पदवहाली गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।