Logo

सरकारले चिनियाँ ऋण लिने कुनै तयारी गरेको छैन्, नेपाललाई ऋणको खाँचो छैन् : मनिष सुमन



काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमनले नेपाललाई चिनियाँ ऋणको आवश्यकत्ता नरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेपालले चिनियाँ ऋण लिन आवश्यक नरहेको र त्यतातिर सोच्नपनि नहुने बताए ।

उनले भने,‘वर्तमान सरकारले चिनियाँ ऋण लिनेगरि आफूलाई तयार पारेको भनेर जुन तपाईंले भन्नुभयो, त्यो सत्य होईन । सरकारलाई अहिले कुनै प्रकारको ऋण चाहिएको छैन् ।’

उनले नेपालमा अनुदान दिनेहरुको लाईन लागेको उल्लेख गर्दै अहिले ऋण लिने कुरा पनि जायज नहुने बताए । उनले अहिलेको सरकारमाथि जनताको विश्वास रहेको भन्दै त्यहीअनुसार सरकार आफ्नो भूमिकामा खरो उत्रिने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्