Logo

विनोद चौधरीको पनि बयान लिन सिआईबीलाई गृहमन्त्री लामिछानेको निर्देशन



काठमाडौं, ४ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको बयान लिन सिआईबीलाई निर्देशन दिएका छन् ।

आज (आइतबार) गृह मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल, आईजिपी वसन्त कुँवर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा मन्त्री लामिछानेले यस्तो निर्दशन दिएका हुन् ।

सिआईबीले यसअघि नै विनोद चौधरीलाई बयान लिने तयारी गरेको थियो । यो प्रकरणमा विनोदका भाइ अरुण चौधरी भने पक्राउ परेर साधारण तारेखमा छुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्