Logo

प्रभु साहको प्रश्न : यो भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ?



काठमाडौं, ६ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि आज (मंगलबार) को बैठकमा आफ्नो धारणा राख्दै सांसद साहले यस्तो बताएका हुन् ।

उनले भने,‘यो भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? यदि भन्सार उठाउनको लागि नै हो भने भन्सारमा रहेको कथित पुरस्कारको व्यवस्था खारेजीको जरुरी छ । भन्सार उठाउनको लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । सुरक्षा निकायलाई नै खटाएको छ । त्यही कामको लागि खटाईएको छ, अनि पुरस्कारको व्यवस्था गरिनु गलत हो ।’

कुनै कर्मचारीले भन्सार छलेको सामाग्री पक्राउ गर्दा पुरस्कारको नाममा पैसा खाने काम गरेको उनको भनाई छ । उनले पुरस्कृत हुनेहरुको नाम सार्वजनिक किन गरिएन ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्