काठमाडौं, ७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम–२ मा आफू वामपन्थीहरुको साझा उम्मेद्वार भए चुनाव जित्ने दाबी गरेका छन् । उनले बैशाख १५ गते हुने उपनिर्वाचनको लागि पार्टीले आफूलाई टिकट दिने बताए ।
तर, आफू वामपन्थीहरुको साझा उम्मेद्वार बन्ने अवस्था आयो भने इलाम–२ मा जित्ने उनको दाबी छ । उनले आफूलाई कम्युनिष्टहरुले मात्रै नभएर आम जनताले पनि भोट दिने विश्वास दिलाए । उनले आफू वामपन्थीहरुको साझा उम्मेद्वार बन्न चाहेको खुलाए । उनले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलेपनि साथ दिने विश्वास दिलाए ।
उनले आफूले वामपन्थी आन्दोलनको लागि नयाँ ढंगले योगदान गर्नसक्ने बताए । उनले सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमले राम्रो काम गर्ने विश्वास दिलाए । उनले मुलुकको अर्थतन्त्र अहिले ठीक ढंगले नगएको टिप्पणी गरे । उनले नेपालको कर नीति नै ठीक नभएको आरोप लगाए ।