Logo

चीनबाट गरिबी हटाउने योजना सिक्न सरकारलाई सांसद सुवालको सुझाव



काठमाडौं, ७ चैत्र । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशबाट गरिबी कसरी हटाउने भनेर चीनबाट सिक्न सरकारलाई सुझाव दिएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले यस्तो बताएका हुन् । यस्तै, प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन सरकारलाई उनको सुझाव छ ।

उनले भने,‘प्राङ्गारिक खेतीबारे क्युबाबाट सिक्न सकिन्छ । गरिबी हटाउन मित्र देश चीनको नमूना उपयुक्त हुने सुझाव यहाँ दिन चाहन्छु । सभामुखले सांसदहरुको अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ ।’ सो क्रममा उनले सत्ता गठबन्धनले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई कागजको खोस्टोको संज्ञा दिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्