Logo

कृषिमन्त्रीलाई यादवको सुझाव: किसानले पैसा लिएर घुमिराखेको हुन्छन मल पाउँदैनन, यसपटक यस्तो नहोस्



काठमाडौं,७ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजनाबारे सरकारसँग प्रश्न गरेका छन् । सरकारसँग किसानको मागअनुसार मल छ कि छैन भन्दै उनले प्रश्न गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका यादवले किसानले हात हातमा पैसा बोकेर हिँड्दा पनि समयमा मल पाउन नसकेको भन्दै कृषिमन्त्री ज्वाला साहको ध्यानाकषर्ण गराए । उनले मधेशकै मान्छे कृषिमन्त्री हुँदा यस पटक मधेशका किसानले मलको समस्या भोग्नु नपर्ने वातावरण मिलाउन सरकारसँग माग गरे ।

त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा कस्ता योजना ल्याउन लागेको हो भन्नेबारे संसद्लाई जानकारी दिन पनि यादवले आग्रह गरेका छन् । ‘मधेशको सबैभन्दा खतरानाक अवस्था रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकीहाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर किसानले मल पाउँदै पाउँदैन’, यादवले सोधे, ‘के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई मलको व्यवस्था गरिदिनुहुन्छ त्यसको पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमिराखेको हुन्छ । तर पनि मल पाउँदैन’ ।



प्रतिक्रिया दिनुहोस्