Logo

देशको विकासको लागि समाजवादी मोडेल बनाउन राष्ट्रिय सहमति गर्नुपर्छ : जगन्नाथ खतिवडा



काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले देशको विकासको लागि राष्ट्रिय सहमति कायम गरिनुपर्नेमा जोड दिएको छ । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई अतिथिको रुपमा सम्बोधन गर्दै नेता खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने,‘आज नेपालको भू–राजनीतिक परिवेश अत्यन्तै संवेदनशील छ । हामीले राष्ट्रिय हित र विकासका एजेण्डा तय गर्नुपर्छ । नेपालको विकासको नयाँ मोडेल खासगरी समाजवादी मोडेलको बारेमा राष्ट्रिय सहमति गर्नुपर्छ । यदि यसो गर्न सकिएन भने देशले राजनीतिक स्थायित्व हाँसिल गर्न सक्दैन् ।’ उनले क्लबको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै आफ्नो भूमिकामा खरो उत्रिनको लागि यसको नेतृत्वकर्ता ऋषि धमलालाई शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्