काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।
शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो ।
रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच छलफल हुन लागेको बताएका थिए ।
उनले भनेका थिए, ‘ऋषिजीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एकपट्टि शेरबहादुर र अर्कोतिर केपी ओलीलाई राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै यहाँबाट गएर एकातिर शेरबहादुरजी र अर्कोतिर केपीजीसँग बस्दैछौं । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा पनि गम्भीर छलफल गर्दैछौं ।’
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ । संवैधानिक निकायका विभिन्न पदमा लामो समयदेखि पदाधिकार्हिरु रिक्त रहेका छन् । भोलिको बैठकले केही आयोगहरुमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्ने सम्भावना रहेको छ । आजको भेटमा सो बारेमा पनि छलफल हुनेछ ।