Logo

सुदूरपश्चिममा आज सार्वजनिक बिदा, राना थारु समुदायले खखडेहरा पर्व मनाउँदै



काठमाडौं, चैत १९ । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।



प्रतिक्रिया दिनुहोस्