काठमाडौं, १९ चैत्र । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पत्रकार सम्मेलन गरेका छन् ।
पार्टीका नेताहरुले नै रेशम चौधरीले आफूहरुलाई हत्या गर्ने धम्की दिएको भनेर रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेको केहीबेरमा रेशमले पनि पत्रकार सम्मेलन गरेका हुन् ।
उनले आफुहरु बरु असुरक्षित भएको दाबी गरे । आफूहरुमाथि गलत आरोप लगाउनेहरुले नै उल्टै धम्की दिएको रेशमको भनाई छ ।