काठमाडौं, चैत २१ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्टस्ले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८ रनले हराएको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १९ ओभर ४ बलमा १ सय ५३ रन मात्र बनाउन सक्यो । बेंगलुरुका महिपाल लोम्रोरले सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे । लखनउका मयंक यादवले ३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन बनाए । बेंगलुरुको यो तेस्रो हार हो भने लखनउको तीन खेलमा दोस्रो जित हो । बेंगलुरु ४ खेलमा २ अङ्क सहित नवौं स्थानमा छ भने लखनउ ३ खेलमा ४ अङ्क सहित चौथो छ । आईपिएलमा आज बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।