काठमाडौं । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा।डा।पशुपति चौधरी नियुक्त भएका छ्न ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई अध्यक्ष र सिरहाका वीरेन्द्रप्रसाद यादवलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापाका डा। ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको छ । श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको हो । अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्नेसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन् ।