Logo

पाँचौं राष्ट्रिय योग खेलकुद प्रतियोगितामा राजलवटलाई पुरुषतर्फ गोल्ड मेडल उपाधि



काठमाडौं, २७ चैत्र । पाँचौं राष्ट्रिय योग खेलकुद प्रतियोगितामा पुरुषतर्फ कमलबहादुर राजलवटले गोल्ड मेडल जितेका छन् । नेपाल योग खेलकुद संघले आयोजना गरेको उक्त प्रतियोगितामा ५० बर्ष भन्दा माथि सिनियर समुहतर्फ राजलवट प्रथम भएका हुन् । बाग्मती प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिवमा कार्यरत राजलवट महागुणकारी गुर्जोको निःशुल्क अभियन्ता हुन् ।

यसको अलावा उनी हाडजोर्नीको समस्याको समाधानको लागि मर्म थेरापीमा पनि सक्रिय छन् । यो पनि उनको निःशुल्क सेवा हो । उक्त प्रतियोगितामा महिलातर्फ विभिन्न उमेर समूहमध्ये ३५ देखि ३९ वर्षको समुहमा जानुका भट्टराई ढुङ्गाना स्वर्णपदक जित्न सफल भईन् ।



प्रतिक्रिया दिनुहोस्