Logo

रवि लामिछाने प्रचण्डको जेठो छोरो भएछ : ज्ञानेन्द्र शाही (भिडिओसहित)



काठमाडौं, २७ चैत्र । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको कडा आलोचना गरेका छन् । उनले गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठो छोरोजस्तै बनेको आरोप लगाए ।

उनले भने-“प्रकाश दाहाल गैसकेपछि (निधन भएपछि) रवि लामिछाने त प्रचण्डको जेठो छोरो भएछ। प्रचण्डबिना त उहाँ एक इञ्चपनि हल्लिनुहुन्नँ । के साईनो रहेछ भनेर भित्र पत्ता लगाएको त, प्रचण्डलाई जसले हतियार दिएर जसले जंगल पठायो, त्यसैले अहिले रास्वपा चलाईराखेको छ । त्यही भएर उहाँहरुले हिन्दूको विरोध गर्नुहुन्छ ।”

शाहीले रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेलाई देशको दलालको संज्ञा दिएका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद शाहीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,”स्वर्णिम वाग्ले त दलाल हो नि यो देशको । कांग्रेसमा बसेर यो देशै लुटेको मान्छे होईन ? स्वयम उहाँ यो देशको नामूद भ्रष्टाचारी चिरञ्जिवी वाग्लेको भतिजा होईन ? एमसिसी ल्याउने मुख्य मान्छे होईन ? तर, पनि जनताले रवि लामिछोलाई देखेर स्वर्णिम वाग्लेलाई भोट हालेर जिताए ।”

गृहमन्त्री रवि लामिछाने आफूहरुसँग डराएको शाहीको दाबी छ । उनले सिंहदरबार, शितलनिवास, संसद् भवनलाई निषेधित क्षेत्र घोषणा गर्दा आफूहरुलाई आपत्ति नभएको बरु समर्थन नै रहने सुनाए । तर, भद्रकाली, माईतीघर मण्डला र भृकुटीमण्डपलाई निषेधित क्षेत्र घोषणा गर्नु देशमा कर्फ्यु लगाउनुसरह भएको सांसद शाहीको टिप्पणी छ । file photo



प्रतिक्रिया दिनुहोस्