Logo

आज पनि राख्यो सुनचाँदीको भाउले नयाँ रेकर्ड, कतिले बढ्यो ?



काठमाडौं, चैत २८ । आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्