काठमाडौं, ३० चैत्र । माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाले नयाँ वर्ष २०८१ वैशाखदेखि अर्को कार्यकाल सुरु प्रारम्भ गर्ने भएका छन् । कोइरालाले वैशाख १ देखि लागू हुनेगरी आफ्नो आगामी ४ वर्षको कार्यकाल सुरु हुने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
गत पुस ५ गते बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकालको लागि नियुक्त गरेको थियो । कोइरालासँग दुई दशक लामो बैकिङ अनुभव छ ।
बैंक अफ काठमाण्डु, सानिा बैंक हुँदै उनी माछापुच्छ्रे बैंक आईपुगेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । भोजपुरमा जन्मिएका कोइरालाको परिवार अहिले झापामा बस्छ । file photo