Logo

जसपाका नेता प्रमोद साहमाथि आक्रमण, टाउकोमा गम्भीर चोट



काठमाडौं, ३ बैशाख। जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । गृहजिल्ला सर्लाहीमा नै उनीमाथि तीन जना युवाले आक्रमण गरेको जनाईएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

आफ्नो घरमा काम गर्ने युवा र केही युवाबीच भएको झगडा छुट्याउनको लागि पुगेका पूर्व सांसद साहमाथि एक्कासी ती युवाले आक्रमण गरेका हुन् । सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पूर्व सांसद साहमाथि गएराति ११ बजे आक्रमण भएको हो ।

उनीमाथि आक्रमणमा संलग्नहरु स्थानीयवासी नै हुन् । साहमाथि आक्रमण गर्ने आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । ती युवाविरुद्ध साहले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् ।file photo



प्रतिक्रिया दिनुहोस्