काठमाडौं, १४ वैशाख । पूर्वमन्त्री सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपालको पर्यटन विकासका निम्ति सुझावहरु बुझाएका छन् । आज (शुक्रबार) मन्त्रालयमा पुगेर किरातीले नेपालको पर्यटन विकासका सम्भावना र सुझावहरु बुझाएका हुन् । किरातीले पर्यटन क्षेत्रको विकासका लागि दुई वटा शूत्रमा शूत्रवद्ध गर्न सकिने उल्लेख गरेका छन् । उनले पर्यटन विकासका सम्भावनाहरुलाई तीन ढोका र नौ चाबीको रुपमा उल्लेख गरेका छन् ।
पूर्वमन्त्री किरातीले पर्यटन विकासका तीन ढोकामा नेचर, कल्चर र एड्भेन्चरलाई समावेश गरेका छन् । त्यस्तै, नौ चाबीको रुपमा पर्यटन गौरवको घोषणा, रैथाने संस्कृति र ज्ञान, लगानी तथा पर्यटन पूर्वाधारको विकास, चार ऋतुहरुको ‘ब्राण्डिङ’, सांस्कृतिक र ऐतिहासिक विविधतामा आधारित नयाँ सम्पदाहरुको निर्माण, विज्ञान तथा प्रविधिको भरपूर सदुपयोग, बहुसांस्कृतिक र बहुधार्मिक महारेखा निर्माण, ग्लोबल वार्मिङ टुरिजमको विकास र अन्तरमन्त्रालय समन्वयत्मक विकासलाई किरातीले समावेश गरेका छन् ।
यस्तो छ पूर्वमन्त्री किरातीले बुझाएको सुझावः