Logo

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने



काठमाडौं, १९ बैशाख । क्रिकेटर तथा नेपाली टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले आफूले लामो समयदेखि यस्तो धारणा राख्नको लागि टाढै राखेको भन्दै आफू षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्-“यसमा कुनै शंका छैन, म षड्यन्त्रको पीडित भएँ । यो षड्यन्त्रको लागि भूमिका खेल्ने सबैलाई भगवानले आशिर्वाद दिउँन् । म यी सबै कुरा भगवानलाई छोडिदिन्छु । समयले सबै सत्य उजागर गर्नेनै छ ।”

उनी नाबालिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । लामिछानेले जिल्ला अदालतको उक्त फैसलामाथि उच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त मुद्दा अहिले विचाराधिन छ ।

आजमात्रै नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही सन्दर्भ पारेर सन्दीपले यस्तो धारणा सार्वजनिक गरेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्