काठमाडौं, २० बैशाख । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि दैनिक पाँच हजार ड्राईभिङ लाईसेन्स प्रिन्ट भैरहेको स्पष्ट पारेका छन् ।
तर, ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने उनको भनाई छ । आज (बिहीबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । मन्त्री महासेठले लाईसेन्स प्रिन्टको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए ।
मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले करिब १८ सय किलोमिटर रहेको हुलाकी सडकखण्डको कामले गति लिएपनि केही खण्डमा समस्या देखिएकाले असार मसान्तभित्र समस्या समाधान गरि काम गर्न अल्टिमेटम दिएको स्पष्ट पारे । file photo