![](https://reportersnepal.com/wp-content/uploads/2024/05/438231580_1147342819942228_6707323433792162445_n-768x512.webp)
काठमाडौं, वैशाख २२ । सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सिटिओ) लेनाकेशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मान गरेको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई सो अवार्डबाट सम्मान गरेको हो।
सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र समृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै एक लाख नगदसहित प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार प्रदान गरेका हुन्। सूचना प्रविधिकाे क्षेत्रमा उल्लेखनीय याेगदान दिएकी काठमाडौंकी कंसाकार अहिले नेपालकाे निजी टेलिकम सेवा प्रदायक एनसेलमा कार्यरत रहेकी छन् ।
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/438270952_433934689379538_7071311886898548798_n-768x768.webp)
सन् २००२ मा सर्भिस इन्जिनियरिङबाट करियर सुरु गरेकी उनी साविकको मेरो मोवाइलमा एसिस्टेन्ट इन्जिनियरको रुपमा उनी टेकिम्युनिकेसन क्षेत्रमा जोडिएकी थिइन । एक्ज्युक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुदै उनी अहिले एक्टिग चिफ टेक्निकल अफिसरको उच्च पदमा १४० बढि कर्मचारीको नेतृत्व गरिरहेकी छन् । अन्तराष्ट्रिय लगानी समेत रहेको एनसेलमा उक्त पदमा पुग्ने पहिलो नेपाली महिला हुन् कंसाकार ।
काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ, जर्मनीबाट इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा मास्टर्स र एमबिए अध्ययन गरेकी कंसकार आफ्नो पेशा र क्षेत्रमा लगनशिल र इमान्दारिताले अब्बल सावित प्रमाणित गर्न सफल भएकी छन् ।
एनसेलमा कार्यरत रहदा उनले टुजी, थ्रिजी, फोरजीको विस्तारमा महत्वपुर्ण काम गरेकी छन् । कंसाकारले ग्रामिण क्षेत्रमा दुरसञ्चारको पहुच, भिओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौ प्रोजेक्टहरुको लागि नेतृत्व लिएर काम गरेकी छन् । टेलिकम्युनेसन क्षेत्र सम्वन्धित कंसाकारका केहि रिसर्चहरु समेत प्रकाशित छन ।
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/438245559_1897732650659486_59337349292293836_n-768x551.webp)