Logo

घनश्याम भुसाललाई अझै एमालेको चिन्ता, ओलीले एमालेलाई नर्कतिर धकेल्दै लगेको गम्भीर आरोप



काठमाडौं, २२ बैशाख। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीको आलोचना गरेका छन् । उनले एमालेलाई गलत बाटोमा लैजाने काम ओलीले गरेको आरोप लगाएका हुन् । उनले त ओलीमाथि एमालेलाई नर्कतिर धकलेको गम्भीर आरोप लगाए ।

एकीकृत समाजवादीको जिल्ला कमिटी रुपन्देहीले हिजो (शुक्रवार) भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले ओलीको आलोचना गरेका हुन् । सम्बोधनको क्रममा उनले भनेका थिए,‘ओलीजी कसैलाई गन्ने मान्छे होइन । अहिले उहाँ थाक्नुभएको छ र आएर सँगै जाऔँ भन्नुभएको छ । हामीले शंकाको सुविधा दिएका छौँ एमालेलाई र अहिले हामी एउटै गठबन्धनमा छौँ ।’

उनले एमालेमा केपी ओलीको गुट बलियो रहँदासम्म आफूहरुबीच एकता नहुने पनि दाबी गरे । तर, भविष्यमा एमाले र आफ्नो दलबीच एकता हुने सम्भावना रहेको उनले सुनाए । अहिले एमाले त सिद्धान्त, विचार र तरिकाका हिसाबले मृतजस्तो भएको उनको आरोप छ । file photo



प्रतिक्रिया दिनुहोस्