काठमाडौं, वैशाख २५ । नेकपा (एमाले) रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवका रूपमा कार्यरत थिए ।
अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।