काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का मोरङ जिल्ला कमिटी सदस्य एवम् निर्माण व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव केदार रिजाल आम जनता पार्टी प्रवेश गरेका छन् । रिजालसँगै एमाले जिल्ला सदस्य एवम् अखिल नेपाल महिला संघकी नेतृ सरस्वती खरेलपनि आजै आजपा प्रवेश गरेकी हुन् । नवप्रवेशीद्धय रिजाल र खरेललाई अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका छन् ।
अध्यक्ष साहले नवप्रवेशीहरुलाई थप उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्दै पार्टीमा उचित जिम्मेवारी दिने पनि जानकारी दिए । आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले आगामी जेठ ३ गते जानकी जयन्ती मनाउने निर्णय गरेको छ । साथै, भन्सारको लुटकारी प्रावधानविरुद्धको जारी आन्दोलनलाई प्रभावकारी बनाउने तथा कवाड व्यवसायीहरुको रक्षाको लागि विशेष पहल लिने निर्णय गरिएको अध्यक्ष साहले जनाएका छन् ।