Logo

गृहमन्त्री लामिछानेले जीबी राई भगाएको आरोप लगाएपछि प्रधानमन्त्रीको प्रचण्डको जवाफ : यो कुतर्क हो



काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई जवाफ फर्काएका छन् । चितवन पुगेर रवि लामिछानेले सहकारी ठग जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएको भोलिपल्ट अर्थात आज (आइतबार) प्रधानमन्त्री दाहालले लामिछानेको आरोप कुतर्क भएको टिप्पणी गरे ।

उनले जीबी राईलाई छिट्टै नेपाल झिकाउनेगरि तयारी थालिएको स्पष्ट पारे । यस्तै, उनले सदनको अवरोधपनि मंगलबारसम्म हट्ने दाबी गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको प्रमाण रहेको भन्दै सदन अवरोध गर्दै आएको छ ।

तर, आज बिहानमात्रै कांग्रेस नेताहरुसँग छलफल गरेका प्रधानमन्त्री दाहालले जेठ १ गते बोलाईएको प्रतिनिधिसभाको बैठक सुचारु हुने विश्वास दिलाए । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यतालिका छ । file photo



प्रतिक्रिया दिनुहोस्