Logo

यस्तो छ संसद्को कार्यतालिका, ११ बजे रिहर्सल कार्यक्रम



काठमाडौं, जेठ १। आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अहिले बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल गरिने छ । त्यसपछि १२ः३० बजे सभामुखको कार्यकक्ष संसद् भवनमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्दैछन्।

दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक, शङ्कर हल, नयाँ बानेश्वरमा बस्ने छ । दिउँसो ३ बजे संयुक्त सदनको बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरु हुने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्