काठमाडौं, जेठ १ । आज साताको तेस्रो दिन छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला १ लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि सात रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।